कांग्रेसको चुनावी नीति : क्रियाशील सदस्यले आफ्नो वडा छोडेर अन्यत्र जान नपाइने « Khabarhub

कांग्रेसको चुनावी नीति : क्रियाशील सदस्यले आफ्नो वडा छोडेर अन्यत्र जान नपाइने


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीसम्बद्ध नेता कार्यकर्ताहरूलाई परिचालन गर्न `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने तयारी गरेको छ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं. २१ मा यो विषय उल्लेख गरेको छ ।

फागुन २१ का लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धतासहित फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ छ, उसले खट्ने त्यहाँ´ नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ´, निर्णयमा भनिएको छ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीसहित निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा काम सकेर फेरि आफ्नै जिल्ला/क्षेत्र/पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएकाबाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ-आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

कांग्रेसले एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा जान नपाइने पनि निर्णय गरेको छ । कांग्रेसका सदस्यले अर्को वडामा नगएर `हाम्रो वडा हामी जिताउँछौँ´ उद्घोषसहति आफ्नै वडामा खट्नुपर्ने निर्णय पनि कार्यसम्पादन समितिले गरेको ।

कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूलाई त्यही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ५१ बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज