विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न « Khabarhub

विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । 

श्री माध्यमिक विद्यालय कञ्चनबारीको संयोजनमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीबीच दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको पहिलो दिन विराटनगर महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा गराइएको थियो । 

यस चरणमा २६ वटा सामुदायिक विद्यालय सहभागी भएका थिए । प्रारम्भिक प्रतिस्पर्धाबाट उत्कृष्ट छ विद्यालय अन्तिम चरणका लागि छनोट भएका थिए ।

प्रारम्भिक चरणको मूल्याङ्कनअनुसार पोखरिया माध्यमिक विद्यालय प्रथम, गोग्राहा माध्यमिक विद्यालय द्वितीय र जनता बालआधारभूत विद्यालय तृतीय भएका हुन् । 

त्यस्तै सत्यनारायण आधारभूत विद्यालय, मदननगर आधारभूत विद्यालय र आयोजक विद्यालय श्री माध्यमिक विद्यालय कञ्चनबारी पनि दोस्रो चरणमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको दोस्रो दिन संस्थागत विद्यालयतर्फबाट छनोट भई आएका छ र सामुदायिक विद्यालयतर्फबाट आएका छ विद्यालयबीच अन्तिम प्रतिस्पर्धा गराइएको थियो । 

अन्तिम नतिजाअनुसार मदननगर आधारभूत विद्यालय प्रथम, जनता बालआधारभूत विद्यालय विराटनगर–१४ द्वितीय, कान्तिपुर माध्यमिक विद्यालय तृतीय तथा पोलस्टार बोर्डिङ स्कुल चौँथो भएका छन् ।

विजेता विद्यालयलाई क्रमशः रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु तीन हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

पछिल्ला तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिता लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धन, विद्यार्थीमा अन्तरनिहित प्रतिभाको पहिचान तथा सामुदायिक र संस्थागत विद्यालयबीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा ३५० भन्दा बढी विद्यार्थीले विभिन्न जातजातिका लोकनृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए भने सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले विजेता विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए  ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : १३ बजे

इंग्ल्याण्डको छैठौँ विकेट पतन, नन्दन यादवले लिए ह्यारी ब्रुकको विकेट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

ज्येष्ठ नागरिकको सुरक्षित र सम्मानित जीवनका लागि सरकार गम्भीर : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको

दाजुभाइले काठमाडौंबाट ओखलढुंगा पुगेर गरेका थिए बयोवृद्ध दम्पतीको हत्या

ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बयोवृद्ध दम्पतीको हत्यामा

एचपीभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस् : मन्त्री गौतम

काठमाडौंं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पाठेघरको मुखको क्यान्सर

दीपेन्द्रसिंह ऐरीले नेपाललाई दिलाए पाचौँ सफलता, साम करन आउट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको