उत्तर कोरियाको पार्टी सम्मेलन « Khabarhub

उत्तर कोरियाको पार्टी सम्मेलन


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख राजनीतिक सम्मेलन आयोजना गर्ने भएको राज्य मिडियाले आइतबार जनाएको छ । 

उक्त सम्मेलनमा नेता किम जोङ उनले आगामी पाँच वर्षका लागि आन्तरिक तथा विदेश नीतिका प्रमुख लक्ष्य र दिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमको उपस्थितिमा पार्टीको राजनीतिक ब्युरोको बैठक बसेको थियो र फेब्रुअरीको अन्त्यमा सम्मेलन गर्ने निर्णय गरिएको हो । यद्यपि सम्मेलनको ठ्याक्कै मिति र एजेन्डाबारे तत्काल विवरण सार्वजनिक गरिएको छैन ।

किमले यसअघि सन् २०१६ र सन् २०२१ मा यस्तै कंग्रेस आयोजना गर्नुभएको थियो । पछिल्ला वर्षहरूमा उत्तर कोरियाले तीव्र रूपमा आणविक र क्षेप्यास्त्र कार्यक्रम विस्तार गरेको छ भने युक्रेन युद्धपछि रुससँगको सम्बन्ध गहिरिँदा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको तनाव बढेको छ ।

विश्लेषकहरूका अनुसार सम्मेलन किमको अधिनायकवादी नेतृत्वको कडाइका साथ नियोजित प्रदर्शन हुने सम्भावना छ र केही दिनसम्म चल्न सक्छ । हालै किमले हतियार परीक्षणको निरीक्षण गर्नुका साथै सैन्य र आर्थिक परियोजनाहरूको भ्रमण गरेका छन्, जसलाई राज्य मिडियाले सैन्य क्षमता सुदृढीकरण र विकासमा उनको नेतृत्वसँग जोडेर प्रस्तुत गरेको छ ।

किमले सम्मेलनमार्फत आत्मनिर्भरता र जन परिचालनमा आधारित आर्थिक विकासलाई तीव्र बनाउने योजना तथा आणविक क्षमतायुक्त सेनालाई थप विस्तार गर्ने नीति घोषणा गर्ने अनुमान गरिएको छ । यसमा परम्परागत हतियार प्रणालीको आधुनिकीकरण र तिनलाई आणविक क्षमतासँग एकीकृत गर्ने कार्यक्रम समावेश हुन सक्छ ।

विज्ञहरूका अनुसार किमले मस्को र बेइजिङसँगको नजिकको सम्बन्धमा आधारित कडा विदेश नीति पनि जोड दिनेछन् । किमले तथाकथित ‘नयाँ शीतयुद्ध’ को धारणा अघि सार्दै दक्षिण कोरियाप्रति अझ कडा दृष्टिकोण लिन सक्ने सम्भावना छ ।

संयुक्त राज्य अमेरिकासँग कूटनीति पुनः सुरु गर्ने किमको इच्छाबारे स्पष्टता छैन । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर वार्तापछि प्रतिबन्धको विषयमा असहमति बढेपछि सम्बन्ध बिग्रिएको थियो । ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि प्रस्तावित संवादलाई किमले अस्वीकार गर्दै वासिङ्टनले उत्तर कोरियाको आणविक निरस्त्रीकरणको माग त्याग्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

आफ्नो शासनकालको १५औँ वर्षमा प्रवेश गरेका किम सन् २०२१ को अघिल्लो कंग्रेसको तुलनामा अहिले बलियो अवस्थामा देखिन्छन् । दक्षिण कोरियाली विश्लेषकहरूका अनुसार चीनसँगको व्यापारमा क्रमिक सुधार र रुसलाई हतियार आपूर्तिबाट प्राप्त आम्दानीका कारण उत्तर कोरियाको अर्थतन्त्र पछिल्ला वर्षहरूमा केही सुधार भएको सङ्केत देखिएको छ । रासस
 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : ३० बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह