रविसँगै नख्खुबाट निस्किएकाको योजनामा बालेन निवासमा चोरी, तीनजना समातिए « Khabarhub

रविसँगै नख्खुबाट निस्किएकाको योजनामा बालेन निवासमा चोरी, तीनजना समातिए


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को मण्डिखाटारस्थित घरमा चोरीमा संलग्नमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनीहरूलाई फरक फरक मितिमा समातिएको बताएका छन् । भट्टराईका अनुसार बालेनको घरबाट चोरिएका केही सामानसमेत उनीहरूबाट बरामद भएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका तीनजनाबाट ल्यापटप, एडप्टर र भिडियो रेकर्डर फेला परेका छन् । प्रहरीले जनाएअनुसार बालेनको घरमा चोरीमा संलग्नमध्ये प्रमुख योजनाकार गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका खुलेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं १६ बालाजु हाइट स्थायी बसोबास भइ बाँसबारीमा डेरा लिएका ४२ वर्षीय मनिष राजवाहक मुख्य योजनाकार हुन्।

राजवाहक पटके चोर भएको खुलेको छ। उनी नकबजनी चोरी मुद्दामा नख्खुमा साढे ३ वर्ष लामो कैद सजाय काटिरहेका थिए । नख्खुबाट भागेपछि मात्रै उनले बालेन निवाससहित आधा दर्जन ठाउँमा चोरी गरेको बयान दिएका छन् ।

सिन्धुपाल्चोकको लिसंखुपाखर ६ पड्कु घर भई काठमाडौं ३१ गैरीगाँउ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी ६ स्थायी बसोबास भई धादिङको धुनिबेँशी नगरपालिका ७ खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेको खुलेको छ।

सहकारी ठगीमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत भदौ २४ गते मध्याह्न नख्खु जेलबाट कार्यकर्ताको हुलहुजज्जतसहित निस्किएपछि अन्य करिब ३ हजार कैदी पनि जबरजस्ती निस्किएका थिए ।

तिनै कैदीमध्ये एकको योजनामा गत माघ १४ या १५ गते साँझ बालेन्द्रको घरमा प्रवेश गरेर चोरेको खुलेको छ। उनीहरूले मूल ढोका फोडेर सामानहरू चोरेको खुलेको छ। चोरी हुँदा बालेन्द्र र पत्नी सविना दुवै चुनावी अभियानका क्रममा उपत्यका बाहिर थिए ।

उनीहरूले सीसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीसमेत चोरेर लगेका खुलेको थियो ।

घटनापछि उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको थियो ।

प्रहरीकाअनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सीसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो काम ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने प्रहरीले जनाएको थियो । यो चोरीमा अन्य पनि संलग्न रहेको आशंकासहित प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।

त्यसबेला झापा–५ मा प्रतिनिधिसभाको उम्मेदवारी दिएका बालेन्द्र चुनावी प्रचारका लागि सुदूरपश्चिम पुगेका थिए । घरमा चोरी भएपछि उनी चुनावी कार्यक्रम रोकेर काठमाडौं फर्किएका थिए ।

घटनाबारे जानकारी भए पनि साहकै घर असुरक्षित भएको सन्देश सार्वजनिक हुने भनेर लुकाइएको थियो । तर घटनाको दुई पनि बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : ०४ बजे

विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँ हवाई उडान रद्द

पेरिस– अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : नेपालीको भान्सासम्मै पर्न सक्छ असर

काठमाडौं– मध्यपूर्वी मुलुक इरानमाथि शनिबारदेखि अमेरिका र इजरायलले आक्रमण गरेसँगै

मोरङमा मतदानका लागि आवश्यक सामग्री पठाउन सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङमा मतदानका लागि आवश्यक सामग्रीहरू

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको