इंग्ल्याण्डको छैठौँ विकेट पतन, नन्दन यादवले लिए ह्यारी ब्रुकको विकेट « Khabarhub

इंग्ल्याण्डको छैठौँ विकेट पतन, नन्दन यादवले लिए ह्यारी ब्रुकको विकेट


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा जारी खेलमा नेपालले टस हारेर अहिले पहिले फिल्डिङ गरिरहेको छ ।

यसै क्रममा नेपालले इंग्ल्याण्डको छैठौँ विकेट लिएको छ । खेलको १८ ओभर २ बलमा नन्दन यादवले इंग्ल्याण्डका ह्यारी ब्रुकलाई आउट गरे ।

उनी शेर मल्लको हातबाट क्याच भए । आउट हुनुअघि उनले ३२ बलमा ५३ रन जोडे ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

त्यस्तै इंग्ल्यान्डको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन् ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : ४९ बजे

नेपालले गुमायो चौथो विकेट, कप्तान पौडेल आउट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय

वानखेडेमा नेपाली क्रिकेटको रौनक (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको छ

नेपालको सय रन पूरा

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

काठमाडौं– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा