आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल « Khabarhub

आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आदिवासी जनजाति समुदायको हकहित र अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले आदिवासी जनजाति समुदायको जीवनस्तर उकास्न, पहिचान जोगाउन, राज्यको मूलधारमा सम्मानजनक सुनिश्चितता, सहभागिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

आगामी दिनमा समेत आदिवासी जनजातिको ज्ञानको संरक्षण, प्रवद्र्धन गर्न र राज्यको नीति निर्माणमा अर्थपूर्ण सहभागिता सुनिश्चित गराउन नेपाल सरकार लागिरहने उनले बताए ।

गृहमन्त्री अर्यालले संविधानको मर्म अनुसार समावेशी र सहभागितामूलक राज्य व्यवस्था सुदृढ गर्दै आएको धारणा राखे ।  

सामाजिक सद्भाव, सहअस्तीत्व र आपसी सम्मान नै समृद्ध राष्ट्र निर्माणको आधार भएको उनको भनाइ छ । 
 


प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : ५६ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष