छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा छ : राजेन्द्र लिङ्देन « Khabarhub

छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा छ : राजेन्द्र लिङ्देन


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान चुनाव नभए पनि देशलाई बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेद्वारहरुसंगको साक्षात्कारमा लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको चूनावले देशको समस्या समाधान गर्न नसकेपनि देशलाई थप संकटबाट बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका हुन् । 

नेपालको निर्णायक नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नव युवा पुस्ताको बीच नवीनतम सम्झौता नभई मुलुकको समस्या समाधान हुन नसक्ने उनले बताए । 

लिङ्देनले एउटा प्रजातान्त्रिक पार्टी हुनको नाताले विद्रोहमा जानुभन्दा चुनावलाई उपयोग गर्ने भनेर चुनावमा सहभागी भएको धारणा राखे । 

उनले अहिले पूर्वाधार निर्माणका लागि भन्दा पनि ठूलो कुरा देशै रहने कि नरहने भन्ने अवस्थामा पुगेको बताए । 

राप्रपा देशलाई समृद्ध बनाउने विशिष्ट दृष्टिकोण राख्ने पार्टी भएकाले मौका पाए देशलाई सफल बनाएरै छाड्ने उल्लेख गरे ।

लिङ्देनले छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा रहेको जिकिर गरे ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ०८ बजे

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’ सम्म नियमन, भ्रम छरे क्षतिपूर्ति

काठमाडौं- विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने