विराटनगरमा जेन–जी आन्दोलनपछि पहिलोपटक कोशी प्रदेशसभा बैठक « Khabarhub

विराटनगरमा जेन–जी आन्दोलनपछि पहिलोपटक कोशी प्रदेशसभा बैठक


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको बैठक विराटनगर स्थित वीरेन्द्र सभागृहमा बसेको छ ।  

भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी गरिएपछि कोशी प्रदेश सभाले विराटनगर महानगरपालिकासँग मासिक ८ लाख रुपैयाँमा वीरेन्द्र सभागृह भाडामा लिएको थियो । 

प्रदेश सभाको सचिवालयका लागि कटहरी स्थित फलफूल तथा थोक बजार लिइएको भए पनि बैठकका लागि पूर्वाधार नबनेका कारण वीरेन्द्र सभागृह भाडामा लिएर प्रदेश सभा बैठक सञ्चालन गरिएको हो । 

कोशी प्रदेश सभाको आठौँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख अम्बर बहादुर विष्टले जेन-जी आन्दोलनका क्रममा धेरै धनजनको क्षति भएको र यसबाट प्रदेश सभालाई पनि अपूरणीय क्षति पुगेको बताए  । 

उनले जेन-जी आन्दोलनका क्रममा उठेका भ्रष्टाचारमुक्त समाज र सुशासनको नारालाई सबैले आत्मसाथ गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

आठौँ अधिवेशनमा सभामुख विष्टले प्रदेश प्रमुखका कार्यालयबाट प्राप्त पत्रहरू, मन्त्रिपरिषद् गठन र प्रदेश सभा सदस्य राजीनामा पत्र पढेर सुनाउनु भएको थियो भने आठौँ अधिवेशनको पहिलो दिन विभिन्न दलका प्रदेशसभा सदस्यहरूले मन्तव्य राखेका थिए । 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : १७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले