तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति « Khabarhub

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।

आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्धय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२’ लाई परिमार्जन सहित पारित गरेको प्रवक्ता चालिसेले बताए ।

विशेष महाधिवेशन अघि शेरबहादुर देउवा नेतृत्वमा रहँदा आनन्द ढुंगानाको संयोजक रहेको अनुशासन समिति थियो ।

विधान अनुसार अनुशासन समिति ५ सदस्यीय हुने व्यवस्था छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ६ : १६ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष