राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै « Khabarhub

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईँहरूले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य एक हजार रुपैयाँ मात्र’, सुदूरपश्चिमका दीपक राउटेले भने ।

राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि सुरु गरेको आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटेहरूले आफूले बनाएका भाँडा बिक्रीका लागि राखेका थिए ।

उनीहरूको चाहना धेरैभन्दा धेरै भाँडा बिक्री भए हुन्थ्यो तर उनीसँग भाँडा किन्नेहरूभन्दा पनि उनीहरूसँगै बसेर फोटो खिचाउनेको भीड बढी थियो । 

आगन्तुकहरू तपाईँ कहाँको राउटे ?, तपाईँको नाम के हो ? तपाईँले लगाउने लुगा केले बनेको हो ? यस्तै अनौठा प्रश्नहरू सोध्दै थिए । 

सम्मेलनमा सुदूरपश्चिमका चार जना राउटेहरूले ७० वटा कोशी (काठको भाँडो) बिक्री गर्नका लागि ल्याएको दीपकले बताए । 

दीपक यसअघि पनि काठमाडौँ सहर आइसकेका छन् । उनले सुदूरपश्चिममा भाँडा बनाएर गाउँमा चामल, मकै र धानको साटो बेच्छन्। तर, काठमाडौंमा धान र मकै बोकेर फेरि घरसम्म पुग्न सास्ती हुने हुँदा भाँडा बेचेको सट्टा रुपैयाँ नै दिए हुन्थ्यो भन्ने आशा दीपकको रहेको छ । 

उनका अनुसार राउटे परम्पराअनुसार रुपैयाँ छुनुहुँदैन भन्ने मान्यता छ । ‘सहरमा भने रुपैयाँ न लिई सम्भव नहुने रहेछ’, दीपक भन्छन्, ‘अब पैसा न छोए कसरी बाँचिन्छ ?’

दीपकले जङ्गलमा बस्ने राउटेले सहरीया जीवनसँग अलिकता आत्तिने गरेको अनुभव सुनाए । यहाँको भीडभाड, अनि कोलाहलदेखि आफ्नो समुदायका मान्छे घुलमिल हुन निकै कठिन भएको बताए । उनले सहरमा घुमेको अनुभव सुनाउँदै भने, ‘सहरका मान्छे धेरै बोल्छ । हामीलाई झर्को लाग्छ ।’

सम्मेलनमा राउटे समुदायलगायत विभिन्न जनजाति समुदायको कला संस्कृति, परिकार, रहनसहन र खानपान झल्किने जीवनशैलीसमेत प्रदर्शनमा राखिएको छ । 

जसमा संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ) नेपालले परम्परागत खाद्यको प्रवर्द्धन गर्न खाद्य प्रदर्शन गरेको थियो । कोदो, फापर, मकै, गहुँजस्ता अन्नबालीको नमूना प्रदर्शनमा राखेर स्वस्थ्यवद्र्धक र पौष्टिक आहार खानपान गर्ने सन्देश दिन खोजिएको एफएओ नेपालका कार्यक्रम प्रमुख मधुकुमार विश्वकर्माले बताए ।
 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ६ : ५० बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले