रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ « Khabarhub

रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा गोली हानेर घाइते बनाएको आरोपमा एक जना रुसी व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको रुसी एफएसबी सुरक्षा सेवाले आइतबार जनाएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) भागको आरोप लागेका ६० वर्षीय ती व्यक्तिलाई दुबईमा पक्राउ गरी रुसलाई सुपुर्दगी गर्ने प्रक्रिया अघि बढाइएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो छिमेकीविरुद्ध पूर्ण सैन्य आक्रमण सुरु गरेयता रुस र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा धेरै उच्च पदस्थ सैन्य अधिकारीहरूको हत्या भएको छ ।

रुसको जीआरयू सैन्य गुप्तचर सेवाका उपप्रमुख एलेक्सेभ शुक्रबार मस्कोस्थित एक अपार्टमेन्टमा गोली लाग्दा सख्त घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो ।

साइबर आक्रमण र सन् २०१८ मा बेलायतमा रुसबाट भागेर आएका सेर्गेई स्क्रिपलमाथि नर्भ एजेन्ट आक्रमण गरेको आरोपमा उनीमाथि पश्चिमा देशहरुबाट प्रतिबन्ध लगाइएको छ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनमाथि गोलीकाण्डको योजनाकार रहेको आरोप लगाएका छन् ।

युद्ध सुरु भएदेखि नै धेरै उच्च पदस्थ रूसी सैन्य अधिकारीहरूको हत्याको जिम्मेवारी लिएको किएभले यस विषयमा कुनै टिप्पणी गरेको छैन । रासस
 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : ५१ बजे

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष बागमती प्रदेशको महालेखा

काफल बेच्दा नगर प्रहरीको दुर्व्यवहार भोगेकी धमिलासँग मेयरले मागिन् माफी

सुर्खेत- यहाँस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी एकजना महिलासँग

आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग स्कटल्याण्ड पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई

नर्वेकी एक पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला !

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हत्तपत्त देशभित्रका पत्रकारसँग दोहोरो सवाल-जवाफ

मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त

जनकपुरधाम– वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन