रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ « Khabarhub

रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मस्काे – रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा गोली हानेर घाइते बनाएको आरोपमा एक जना रुसी व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको रुसी एफएसबी सुरक्षा सेवाले आइतबार जनाएको छ।

संयुक्त अरब इमिरेट्स ९युएई० भागको आरोप लागेका ६० वर्षीय ती व्यक्तिलाई दुबईमा पक्राउ गरी रुसलाई सुपुर्दगी गर्ने प्रक्रिया अघि बढाइएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो छिमेकीविरुद्ध पूर्ण सैन्य आक्रमण सुरु गरेयता रुस र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा धेरै उच्च पदस्थ सैन्य अधिकारीहरूको हत्या भएको छ ।

रुसको जीआरयू सैन्य गुप्तचर सेवाका उपप्रमुख एलेक्सेभ शुक्रबार मस्कोस्थित एक अपार्टमेन्टमा गोली लाग्दा सख्त घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो ।

साइबर आक्रमण र सन् २०१८ मा बेलायतमा रुसबाट भागेर आएका सेर्गेई स्क्रिपलमाथि नर्भ एजेन्ट आक्रमण गरेको आरोपमा उहाँमाथि पश्चिमा देशहरुबाट प्रतिबन्ध लगाइएको छ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनमाथि गोलीकाण्डको योजनाकार रहेको आरोप लगाएका छन् ।

युद्ध सुरु भएदेखि नै धेरै उच्च पदस्थ रूसी सैन्य अधिकारीहरूको हत्याको जिम्मेवारी लिएको किएभले यस विषयमा कुनै टिप्पणी गरेको छैन।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ८ : २४ बजे

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी