रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ « Khabarhub

रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले रवि लामिछानेको नेतृत्वमा सरकार नबने बबाल हुने बताएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले सदनमा जनताका प्रश्नको उत्तर दिने र समय दिने नेतृत्व चाहिने नत्र बबाल हुने बताएका हुन् ।

जनताले चुनेपछि सबैले स्वीकार गर्नुपर्ने भन्दै उनले यस्तो बताएका हुन् । हर्कले नाम नलिए पनि उनको यो स्टाटस रास्वपाका वरिष्ठ नेता बालेन शाह लक्षित देखिन्छ ।

बालेन कम बोल्ने भएकाले उनले जनताका प्रश्नको उत्तर दिन नसक्ने भन्दै सरकारको नेतृत्व रविले गर्नुपर्ने तर्क गरेका हुन् ।

रास्वपाले भने चुनाव अगाडि बालेनलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अगाडि सारेको थियो । बालेन देशभर प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारका रुपमा मत माग्दै हिँडेका थिए । बालेनले झापा–५ मा केपी शर्मा ओलीलाई करिब ५० हजार मतले हराइसकेका छन् ।

हर्कले फेसबुकमा लेखेका छन्, ‘जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ ! नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन !’

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ११ : ५१ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई