जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ « Khabarhub

जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जुम्ला- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रवादी शक्तिहरूलाई उच्च मनोबलसहित संगठित हुन आह्वान गरेका छन्।

उनले जुम्लाका मतदाता, सहयोगी, शुभेच्छुक तथा मुलुकभित्र र विदेशका शुभचिन्तकप्रति धन्यवाद दिँदै यस्तो बताएका हुन् ।

मतदाताहरूको सद्भाव, माया र आशीर्वाद सधैँ प्राप्त भइरहने विश्वास गरेका उनी जुम्लाबाट दोस्रो पटक संसद् यात्रामा निस्किएका हुन् ।

शाहीले राष्ट्रिय प्रजातन्त्र पार्टीका मुलुकभर तथा विदेशका सबै तहका नेता–कार्यकर्ता तथा सम्पूर्ण राष्ट्रवादी नेपालीलाई विचलित नहुन आग्रह गरेका छन्।

शाहीले उच्च मनोबलसहित अझै संगठित भई अघि बढ्न सबैलाई अनुरोध गरेका छन्।

वक्तव्यमा उनले वर्तमान विषम् परिस्थितिमा प्राविधिक रूपमा निर्वाचनमा हार भए पनि राष्ट्रवादी विचार र संकल्प पराजित नभएको बताएका छन्।

चुनावी परिणामलाई अस्थायी चुनौतीका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले आगामी दिनमा अझ सशक्त भएर अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।

‘हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ, नयाँ शिराबाट अझ बलियो रूपमा अघि बढ्नेछौँ,” शाहीले भनेका छन्।

उनले राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध भई मुलुकको हितका लागि संगठित भएर बढ्न पनि भनेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १२ : ५१ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई