जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ « Khabarhub

जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जुम्ला- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रवादी शक्तिहरूलाई उच्च मनोबलसहित संगठित हुन आह्वान गरेका छन्।

उनले जुम्लाका मतदाता, सहयोगी, शुभेच्छुक तथा मुलुकभित्र र विदेशका शुभचिन्तकप्रति धन्यवाद दिँदै यस्तो बताएका हुन् ।

मतदाताहरूको सद्भाव, माया र आशीर्वाद सधैँ प्राप्त भइरहने विश्वास गरेका उनी जुम्लाबाट दोस्रो पटक संसद् यात्रामा निस्किएका हुन् ।

शाहीले राष्ट्रिय प्रजातन्त्र पार्टीका मुलुकभर तथा विदेशका सबै तहका नेता–कार्यकर्ता तथा सम्पूर्ण राष्ट्रवादी नेपालीलाई विचलित नहुन आग्रह गरेका छन्।

शाहीले उच्च मनोबलसहित अझै संगठित भई अघि बढ्न सबैलाई अनुरोध गरेका छन्।

वक्तव्यमा उनले वर्तमान विषम् परिस्थितिमा प्राविधिक रूपमा निर्वाचनमा हार भए पनि राष्ट्रवादी विचार र संकल्प पराजित नभएको बताएका छन्।

चुनावी परिणामलाई अस्थायी चुनौतीका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले आगामी दिनमा अझ सशक्त भएर अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।

‘हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ, नयाँ शिराबाट अझ बलियो रूपमा अघि बढ्नेछौँ,” शाहीले भनेका छन्।

उनले राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध भई मुलुकको हितका लागि संगठित भएर बढ्न पनि भनेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १२ : ५१ बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको