पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा « Khabarhub

पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तानसेन (पाल्पा)- पाल्पाका तीन जना युवाले महाकाली-मेची साइकल यात्रा गर्ने भएका छन् । शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित उनीहरूले महाकाली-मेची साइकल यात्रा गर्न लागेका हुन् । यहाँका २५ वर्षीय शान्तम थैबा, ३७ वर्षीय विज्ञान बज्राचार्य र २४ वर्षीय सुविनमान बज्राचार्यले साइकल यात्रा गर्न लागेका हुन् ।

सोमबारदेखि नेपालको पश्चिमी सिमाना महाकालीबाट साइकल यात्रा सुरु हुनेछ । साइकल यात्रामा निस्कन लागेका युवालाई पाल्पा साइक्लिङ सङ्घले आज एक कार्यक्रमकाबीच बिदाइ गरेको छ । महाकाली नदीबाट सुरु हुने साइकल यात्रा मेची नदी पुगेर सम्पन्न हुने पाल्पा साइक्लिङ सङ्घका उपाध्यक्ष अमन शाक्यले बताए ।

उनका अनुसार ‘साइकल चलाऔँ नेपालभरि, शान्तिको सन्देश संसारभरि’ भन्ने मूल नाराका साथ साइकल यात्रा हुन लागेको हो । नेपालभर शान्ति, एकता, स्वास्थ्य सचेतना, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो यात्रा हुन लागेको उपाध्यक्ष शाक्यले बताए ।

“गौतमबुद्ध जन्मेको देशमा बेलाबेलामा अशान्त हुने गर्दछ, हामी एकताको सन्देश फैलाउन चाहन्छौँ । अर्कोतर्फ अस्तव्यस्त जीवनशैलीका कारण मानिस अस्वस्थ बन्दै गएका छन्, यसले स्वस्थ रहने सन्देशसमेत प्रवाह गर्नेछ”, शाक्यले भने, “त्यसैले शान्ति र स्वास्थ्यका लागि सबैको ध्यानाकर्षण गराउन साइकल यात्रा गर्न लागेका हौँ ।”

एघार दिनसम्म हुने साइकल यात्रामा ११०० किलोमिटर दूरी तय गरिने उनले जानकारी दिए । टोलीलाई बिदाइ गर्ने क्रममा सङ्घका अध्यक्ष रुपेश महर्जनले शान्ति र एकताको सन्देश विश्वभर फैलाउन साइकल यात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सङ्घले हरेक वर्ष पाल्पामा ‘हेरिटेज राइड’समेत आयोजना गर्दै आएको छ । सङ्घले जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी ‘सम्पदा साइकल राइड’ आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ४ : ५८ बजे

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज– पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा