अछाम–२ मा एमालेका बोगटी विजयी, रास्वपाका शाह चौथो « Khabarhub

अछाम–२ मा एमालेका बोगटी विजयी, रास्वपाका शाह चौथो


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

अछाम – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अछाम–२ मा यज्ञ बहादुर बोगटी विजयी भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार बोगटीले ९ हजार ५१८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन् । बोगटीले शाहलाई ४७२ मतान्तरले पराजित गरेका हुन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गरे । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भुपदेव शाह भने चौथो स्थानमा सीमित भएका छन् ।

उनले ४ हजार ५६२ मत मात्रै प्राप्त गरे । देशभर रास्वपाका उम्मेदवारहरू विजयी भइरहेका बेला अछाम–२ मा भने भुपदेवले अपेक्षित नतिजा ल्याउन सकेनन् ।

भुपदेव शाह बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनका स्वकीय सचिवका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : २५ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६