न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि « Khabarhub

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयोजक भारतले आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जितेको हो ।

भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो ।

भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा ५२ रन बनाए । यस्तै कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाएपछि जितका लागि पर्याप्त भएन ।

भारतका जसप्रित बुमराहले शानदार बलिङ गर्दै ४ विकेट लिए । चार ओभरमा बलिङ गरेका उनले मात्रै १५ रन खर्चिए । यस्तै अक्षर पटेलले ३ विकेट लिँदा वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एकएक विकेट लिए ।

त्यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५५ रन बनायो ।

भारतका लागि आजको खेलमा तीन जना खेलाडीले अर्धशतक बनाए । ओपनर सञ्जु सैमसनले मात्रै ४६ बलमा ८९ रनको शानदार पारी खेले । उनले ५ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै अविशेष शर्माले २१ बलमा ५२ रन बनाउँदा इशान किसनले २५ बलमा ५४ रन बनाए । शिवम दुबेले १८ र हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए । आजको खेलमा कप्तान सूर्य कुमार यादव शुन्य रनमा आउट भए ।

न्यूजिल्याण्डका लागि जेम्स निशम निशमले तीन विकेट लिए । उनले एकै ओभरमा सञ्जु सैमसन, इसान किसन र कप्तान सूर्यकुमार यादवलाई आउट गरी न्यूजिल्याण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए । म्याट हेनरी र रचिन रविन्द्रको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ११ : ०२ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष