प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ « Khabarhub

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

परराष्ट्र मामिला र आचारसंहिता कार्यान्वयनबारे मन्त्रीलाई प्रशिक्षण


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ। बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त कार्यक्रम जारी छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्रीहरूको उपस्थिति रहेको छ। कूटनीतिक मर्यादा, आचारसंहिताको महत्व र यसको प्रभावकारी कार्यान्वयनका विषयमा परराष्ट्र मन्त्रालयका अधिकारीले मन्त्रीलाई जानकारी गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन् ।

पछिल्लो समय बदलिँदो परिवेश र समसामयिक परराष्ट्र मामिलाका विविध पक्षबारे कार्यक्रममा केन्द्रित छलफल भइरहेको दाहालको भनाइ छ।

कूटनीतिक भेटघाट र विदेशी नियोगसँगको समन्वयलाई थप व्यवस्थित र मर्यादित बनाउन यो कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : ३५ बजे

नेपाल गुणस्तर परिषद्को बैठक : विभिन्न गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौं– नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार

भिनिसियसले थप गरे सात वर्षको सम्झौता

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार ब्राजिलियन विङ्गर