लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय « Khabarhub

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउ राजनीतिक प्रतिशोधपूर्ण रहेको बताएकी छन् । 

बुधबार प्रदेश सभाको बैठकमा उनले सरकारको यस्तो व्यवहारले नेपालको लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाएको र कानूनको प्रयोग व्यक्तिवादी भएको भन्दै सरकारको कदमको कडा आलोचना गरिन् ।

अधिकारीले भनिन्, ओलीले शान्ति कायम राख्दै आफ्ना कार्यकर्तालाई कुनै अप्रिय घटना हुन नदिन सचेत रहँदा पनि राज्यले रातभर पहरा र बलपूर्वक पक्राउ प्रक्रिया अघि बढाएको छ ।’ उनले कानुनी प्रक्रिया उल्लंघन भएको, अदालतको स्वीकृति बिना पक्राउ गर्नु लोकतन्त्रको अपमान भएको जिकिर गरिन् ।


‘पक्राउ प्रक्रिया कानुनी रूपमा अदालतको स्वीकृति बिना यस्तो कदम गर्नु व्यक्तिको हैन शासन व्यवस्थाकै अपमान हो । उहाँका विरुद्धमा कहाँ उजुरी परेको थियो ? अनुसन्धान, प्रमाण संकलन र त्यसपछि पक्राउ पुर्जीका लागि अदालतमा जानुपर्छ ।’ उनले भनिन्, ‘अदालतले दुवै पक्षको कुरा सुनेर निर्णय गर्दथ्यो । तर सनकका भरमा प्रतिशोध देखाउनु वर्तमान संघीय सरकारको पहिलो गाँसमै ढुङ्गा लागेको छ ।’

अधिकारीले कार्की आयोगको प्रतिवेदनमा प्रमाण संकलनमा कमजोरी रहेको र त्यसलाई आधार बनाएर गिरफ्तारी गरिएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरिन् । उनले कानूनको कार्यान्वयन प्रतिशोध वा सनकमा नभई मात्र न्यायसंगत तरिकाले हुनु पर्नेमा जोड दिइन् ।

‘कार्की आयोगले जेन-जी प्रतिवेदन तयार पार्दा प्रमाण संकलनमा कमजोरी देखिएको छ । अझ सरकारले प्रतिवेदन आधिकारीक रुपमा सार्वजनिक नगरेरै पूर्वप्रधानमन्त्री र कानुन मन्त्रीलाई पक्राउ गरेको छ । पक्राउ गर्न विधि चाहिदैन ।’ उनले भनिन्, ‘यदि सरकारले आमसञ्चारका माध्यममा आएका खबरका आधारमा मान्ने हो भने र मानव अधिकार आयोगले समेत लिएको वयानका आधारमा पनि सबै प्रतिवेदन सार्वजनिक गर्नु पर्ने हैन र ?’ 

सरकारलाई उनले प्रश्न गर्दै भनिन्, ‘कार्की आयोगको प्रतिवेदनले छानेर न्याय (सेलेक्टिभ जसटिस) को बाटो दिएको छ र ? आयोगको प्रतिवेदन यस्तो हुनु पर्दछ र ? यही भदौ २३ र २४ गतेका घटनाको समान रूपमा छानबिन हुनुपर्ने आन्दोनकारीको नेतृत्वकर्ता र आन्दोलन मार्फत भएका क्षति गर्ने पुरस्कृत गर्नु पर्ने हो र ? किन बोलेन प्रतिवेदन वा प्रतिवेदनमा उल्लेख छ भने २३ केपी शर्मा ओली प्रधानमन्त्री हुनु हुन्थ्यो २४ गते को थियो । २४ गते विहानै राजीनामा दिएको व्यक्ति कसरी रातभरको आतंक र विध्वंसको जिम्मेवारी हुन्छ । कहाँ छन् सिंहदबार, कहाँ छ सर्वौच्वको संरचना, कहाँ छ संसद भवन, सितल निवास, बालुटार, देशभरका सयौं प्रहरी, प्रशासन, राजश्व तगायत हुलाक कार्यालय सम्म जलाउने को थियो । अर्बौको सम्पति नष्टको जिम्मेवारी को हो ? नेताका निवास, व्यपारिका घर प्रतिष्ठान छानीछानी खरानी बनाइएको थिएन । किन नबोल्ने ? देशमा भदौमा मात्रै आन्दोलन भएको थियो भन्ने भाष्य निर्माण गरिएको छ ।’

उनले २४ गतेका घटना र क्षति कार्की आयोगले कपटपूर्ण र बदनियतपूर्ण ढंगले लुकाएको भनि प्रश्न गरिन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : ३६ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक  फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा

स्वास्थ्य बीमामा १० वर्ष : विस्तारसँगै दिगोपन र नवीकरणमा चुनौती 

काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानबाट बाहिरिन आग्रह

एजेन्सी– इरानस्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त

नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन २७ गतेदेखि हुने

काठमाडौं– नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन यही चैत्र

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै