इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प « Khabarhub

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत प्रतिक्रिया दिँदै विश्व शान्तिका लागि यो ठूलो दिन भएको उल्लेख गरेका हुन्। उनले इरानसहित सबै पक्ष अब शान्ति चाहिरहेको बताएका छन्।

उनका अनुसार अमेरिका हर्मुजको जलडमरूमा देखिएको यातायात समस्याको समाधानका लागि पनि सहयोग गर्नेछ।

‘धेरै सकारात्मक कदमहरू चालिनेछन् र आर्थिक गतिविधि बढ्नेछ,’ उनले भने।

ट्रम्पले इरान अब पुनर्निर्माणतर्फ अघि बढ्न सक्ने उल्लेख गर्दै अमेरिका आवश्यक सामग्रीसहित सहयोगका लागि तयार रहने बताए। उनले मध्यपूर्वमा सुनौलो समय आउन सक्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ३३ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६