कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता « Khabarhub

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले नेपालको तीव्र गतिमा फैलिरहेको फिट्नेस समुदायमध्येको एक, ‘मेल्टडाउन नेपाल’ सँग एक वर्ष लामो सहकार्यको घोषणा गरेको छ ।

यो साझेदारीको मुख्य उद्देश्य हुवावेको वेयरेबल प्रविधिलाई वास्तविक जीवनका अनुभवहरू, सामुदायिक संलग्नता र फिट्नेसमा आधारित अभियानहरूमार्फत नेपालका सक्रिय र स्वास्थ्य–सचेत दर्शकहरूको नजिक पुर्‍याउनु रहेको जनाइएको छ ।

मेल्टडाउनले दौड, तालिम सत्रहरू र डिजिटल सामग्रीका माध्यमबाट युवा पेशेवर र फिट्नेस प्रेमीहरूको जीवन्त समुदायलाई एकै ठाउँमा ल्याउँछ । यसले गर्दा हुवावेलाई आफ्नो लक्षित दर्शकसँग अर्थपूर्ण र व्यावहारिक रूपमा जोडिनका लागि यो एउटा उपयुक्त प्लेटफर्म बनेको छ ।

यो साझेदारी औपचारिक रूपमा अप्रिल १५, २०२६ बाट सुरु हुने जनाइएको छ । सोही दिन नेपालमा ‘हुवावे ब्यान्ड ११ सिरिज’को भव्य सार्वजनिक (लन्च) गरिनेछ, जसले यस सहकार्यको उत्साहजनक सुरुवात गर्नेछ ।

सो साझेदारीका बारेमा बोल्दै कल मोबिलिटी प्रालिकी मार्केटिङ म्यानेजर विजया रोका क्षेत्रीले भनिन्, ‘यो सहकार्यले प्रविधिलाई दैनिक जीवनशैलीमा एकीकृत गर्ने र फिट्नेसमा चासो राख्ने समुदायसँग प्रत्यक्ष रूपमा जोडिएर नेपाललाई फिट र स्वस्थ देश बनाउने हाम्रो लक्ष्यलाई प्रतिबिम्बित गर्दछ ।’

हुवावे स्मार्टफोन, वेयरेबल (लगाउन मिल्ने उपकरण) र स्मार्ट डिभाइसहरूको क्षेत्रमा आफ्नो नवप्रवर्तनका लागि परिचित विश्वव्यापी प्रविधि अग्रणी कम्पनी हो, जसले विशेष गरी स्वास्थ्य र फिट्नेस प्रविधिमा ध्यान केन्द्रित गर्दै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ५८ बजे

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका