नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका « Khabarhub

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) तथा स्नातकोत्तर तहको विशेष परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले चैत २४ गते प्रकाशित सूचनाअनुसार स्नातक तहको लाइसेन्स परीक्षा तीन चरणमा सञ्चालन हुनेछ । पहिलो परीक्षा २०८३ जेठ १२, १३ र १४ गते (मंगलबार, बुधबार र बिहीबार) हुने छ । 

दोस्रो चरण असोज ४, ५ र ६ गते (आइतबार, सोमबार र मंगलबार) तय गरिएको छ भने तेस्रो चरण माघ १३, १४ र १५ गते (बुधबार, बिहीबार र शुक्रबार) सञ्चालन गरिने काउन्सिलले जनाएको छ ।

यस्तै, स्नातकोत्तर तहको विशेष परीक्षा पनि वर्षमा तीन पटक हुने छ । काउन्सिलका अनुसार पहिलो विशेष परीक्षा श्रावण ७ र ८ गते, दोस्रो मंसिर १६ र १७ गते तथा तेस्रो परीक्षा चैत १८ र १९ गते सञ्चालन गरिनेछ ।

काउन्सिलले विदेशबाट चिकित्सा शिक्षा हासिल गरेका विद्यार्थीका लागि पनि विशेष व्यवस्था उल्लेख गरेको छ । सन् २०२० सेप्टेम्बरपछि विदेशमा अध्ययन सुरु गरेका विद्यार्थीले अनिवार्य रूपमा प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

साथै, अध्ययन अवधि सम्बन्धी आगमन–प्रस्थानको आधिकारिक विवरणसमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

काउन्सिलले सबै परीक्षार्थीलाई तोकिएको मापदण्ड र आवश्यक कागजात पूरा गरी समयमै आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : २० बजे

चितवनबाट आएको बोडीमा अत्यधिक विषादी, जफत गरी नष्ट

चितवन– बिक्रीका लागि बुटवल लैजाने क्रममा चितवनबाट आएको हरियो बोडीमा

संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले संघीयता,

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा