संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही « Khabarhub

संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले संघीयता, गणतन्त्र, समावेशिता लगायतका उपलब्धिहरूलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद शाहीले अहिलेको नेपाली राजनीतिक जग संघीयता, गणतन्त्र, समावेशिता भएको भन्दै प्राप्त उपलब्धिहरू जोगाउनु सबैको साझा दायित्व भएको बताएका हुन् । 

देशमा उदयका नयाँ राजनीतिक शक्तिहरूले जनताले दिएको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले देशको समग्र विकासका लागि सधैँ रचनात्मक साथ रहने धारणा राखे । 

उनले संसद् तथ्यमा आधारित बौद्धिक बहस गर्ने थलो भएकाले एक अर्काले गालीगलौज, आरोप प्रत्यारोप नभई एक ठाउँमा उभिएर विकास, आर्थिक समृद्धि, सुशासन, सामाजिक न्यायका विषयमा बहस हुनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्न सुझाव दिए । 

सांसद शाहीले उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकास नगरी देश अगाडि बढ्न नसक्ने भएकाले वैदेशिक अनुदान र ऋणको भरमा मात्र नभई आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक रहेको बताए । 

नेपालको भूराजनीतिक संवेदनशीलताप्रति सचेत रहँदै पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा मात्र परराष्ट्र सम्बन्ध अघि बढाउन उनले सरकारलाई सुझाव दिए । 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : २० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा