संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही « Khabarhub

संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले संघीयता, गणतन्त्र, समावेशिता लगायतका उपलब्धिहरूलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद शाहीले अहिलेको नेपाली राजनीतिक जग संघीयता, गणतन्त्र, समावेशिता भएको भन्दै प्राप्त उपलब्धिहरू जोगाउनु सबैको साझा दायित्व भएको बताएका हुन् । 

देशमा उदयका नयाँ राजनीतिक शक्तिहरूले जनताले दिएको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले देशको समग्र विकासका लागि सधैँ रचनात्मक साथ रहने धारणा राखे । 

उनले संसद् तथ्यमा आधारित बौद्धिक बहस गर्ने थलो भएकाले एक अर्काले गालीगलौज, आरोप प्रत्यारोप नभई एक ठाउँमा उभिएर विकास, आर्थिक समृद्धि, सुशासन, सामाजिक न्यायका विषयमा बहस हुनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्न सुझाव दिए । 

सांसद शाहीले उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकास नगरी देश अगाडि बढ्न नसक्ने भएकाले वैदेशिक अनुदान र ऋणको भरमा मात्र नभई आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक रहेको बताए । 

नेपालको भूराजनीतिक संवेदनशीलताप्रति सचेत रहँदै पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा मात्र परराष्ट्र सम्बन्ध अघि बढाउन उनले सरकारलाई सुझाव दिए । 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको