विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै « Khabarhub

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले उनको कार्यकक्षमा भेट गरेको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीसमेतको उपस्थितिमा भएको भेटमाविश्व बैंकको सहयोगमा कार्यान्वयन हुने ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट’, मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, ‘डेटा’ व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारबारे छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्री तिमिल्सिनाले  नेपालको सामाजिक-आर्थिक विकासका  निम्ति विश्व बैंकले निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट तीव्र गतिमा कार्यान्वयन गरिने बताए। 

नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको उल्लेख गर्दै उनले विगतभन्दा फरक ढङ्गले काम गर्दै आयोजनाका समस्या समाधानतर्फ सरकार केन्द्रित रहेको सुनाए । साथै विश्व बैंकसँगको सहकार्यमा कार्यान्वयनमा गएका आयोजनाको प्रगति पनि शीघ्र देखिने बताए। 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : ५५ बजे

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन

उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौं– देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव