अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा एउटै परिवारका सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । 

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरीसी बद्लोनका अनुसार मंगलबार राति सेरजाद जिल्लामा उक्त दुर्घटना हुँदा पीडितको घटनास्थलमै मृत्यु भएको थियो । 

यस अघि सोमबार राति भारी वर्षाका कारण माटोको इँटाको छत खसेर भएको घटनामा पाँच जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए ।

पछिल्लो समयमा विपद जन्य घटनाका कारण अफगानिस्तानमा मृतकको सङ्ख्या बढेको जनाइएको छ । यसै गरी विगत १२ दिनमा देशमा भारी वर्षा, पहिरो आँधीबेहरी र बिजुलीका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् ।

अफगानिस्तानको दुर्गम र ग्रामीण क्षेत्रहरूमा आवासीय घरहरू मुख्यतया माटोबाट निर्माण गरिएका छन् भने, यिनीहरू गम्भीर मौसमी प्रकोपको समयमा अत्यधिक जोखिममा रहेका छन् । 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ०८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली