मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण « Khabarhub

मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताएका छन्। इजरायलले बुधबार पनि दक्षिण लेबनानमा आक्रमण जारी राखेको छ । 

इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरुद्धको कारबाहीको निरन्तरताका  लागि आक्रमण जारी राखिएको जनाइएको  छ । इजरायलले लेबनानमा युद्ध जारी रहेको उल्लेख गर्दै लेबनानको ४० किलोमिटरभन्दा बढी क्षेत्रका लागि निकासी आदेश जारी गरेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार दक्षिणी टायर क्षेत्रमा रहेको भवन खाली गर्ने चेतावनी जारी गरे पछि इजरायलले आक्रमण गरेको जनाइएको छ । 

यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविरामको स्वागत गर्दै युद्धविरामले लेबनानलाई पूर्ण रूपमा समावेश गरेको सुनिश्चित गर्नु पर्ने इच्छा व्यक्त गरेका छन् ।

पछिलो समयमा इजरायली आक्रमणले एक हजार ५०० भन्दा बढी मानिसको ज्यान लिएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् । लेबनानी अधिकारीहरूका अनुसार, विशेष गरी देशको दक्षिण, पूर्व र बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको प्रभुत्व रहेको छ ।

निकासी आदेश जारी गर्दै लेबनानी सेनाले विस्थापित मानिसहरूलाई दक्षिणमा नफर्कन चेतावनी दिएको छ । युद्धविरामको घोषणा हुनुभन्दा केही समय अघि दक्षिणी सहर सिडोनमा भएको इजरायली आक्रमणमा परी आठ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : २८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको