ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग « Khabarhub

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई अपमानजनकरूपमा प्रस्तुत गरिएको भन्दै एमालेले विरोध जनाएको छ ।

बैठकको शून्य समयमा रास्वपाका पुरुषोत्तम यादवले एमाले अध्यक्ष ओलीलाई ‘जेलमा रहनुपर्ने अपराधी अस्पतालमा रहेको छ…’ जस्ता अभिव्यक्ति दिएको विषयमा विशेष समयमा एमालेका गुरुप्रसाद बरालले अपराधी करार गर्ने काम सदनको नभएको बताए । 

बरालले अदालती प्रक्रियाबाट किनारा लगाउनुपर्ने विषयमा सदनमा दिइएको अभिव्यक्ति नियमावली विपरीत भएकाले त्यसलाई अभिलेखबाट हटाउन आग्रह गरे । 

सो विषयमा सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण भएको अवगत गराए  ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ५७ बजे

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित