सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ « Khabarhub

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने विषयमा सञ्चारमाध्यममा आएका खबरप्रति प्रतिक्रिया दिएका छन्।

हाल विदेश (हङकङ) मा रहेका पूर्वप्रधानमन्त्री देउवाले उक्त विषयमा भ्रामक र झूटा प्रचार भइरहेको दाबी गर्दै सार्वजनिक पदमा रहँदा कानुनअनुसार सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरेको स्पष्ट पारेका छन्।

उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा आफूले जीवनभर संघर्ष गरेको पनि उल्लेख गरेका छन्। आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको उनले बताएका छन् ।

देउवाले भ्रष्टाचार नियन्त्रणका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण पनि गरेका छन्।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै उनले उपचार प्रक्रिया जारी रहेकाले फर्किन समय लाग्ने पनि संकेत गरेका छन्।

देउवाले समयसँगै सत्य बाहिर आउने विश्वास व्यक्त गर्दै अतिरञ्जित विवरणबाट भ्रमित नहुन सबैलाई अपिल गरेका छन्। सम्पत्ति शुद्धीकरणमा आफू र पत्नी आरजुका नाममा मंगलबार पक्राउ पुर्जी जारी भएका सन्दर्भमा देउवाले मुख खोलेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : २८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली