मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान « Khabarhub

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास आउने अनुमान गरेको छ । समयमा वर्षात् नभएको  र हावाहुरीले पनि आँप उत्पादनमा ह्रास आउन सक्ने निर्देशनालयले जनाएको हो । 

यस वर्ष मधेस प्रदेशमा आँपका रुखमा आँपको मजर अर्थात् फूल अत्यधिक लागेको थियो तर मधुवा रोगले समस्या उत्पन्न भएको हो । निर्देशनालयका अनुसार  प्रदेशका आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएको थियो । तर रोगले गर्दा सो अनुमान अनुसार उत्पादन नहुने अवस्था सिर्जना भएको निर्देशनालयका अधिकृत सन्दीप ठाकुरले बताए।
   
निर्देशनालयबाट प्राप्त विवरणअनुसार यस वर्ष मधेस प्रदेशका किसानले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका छन् । मौसम अनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन भई करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ ।

मधेस प्रदेशका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । 

गत आवमा मधेस प्रदेशका किसानले ३० हजार ६०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका थिए । त्यसबेला प्रदेशमा तीन लाख ९५ हजार ९६२ मेट्रिकटन आँप उत्पादन भएको थियो ।

मधेसमा विशेषगरी मालदह, बम्बै, कलकत्तिया, आम्रपाली र दशहरी  नकुअवा, केरवा, विजु, सिपिया लगायतका आँप खेती गरिएको छ । नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य रहेको छ । 

प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आवको फागुनदेखि चालु आवको कात्तिकसम्म भारतबाट भिट्ठामोड नाका हुँदै ३५९ मेट्रिकटन आँप नेपाल भित्रिएको थियो । जसको मूल्य करिब दुई करोड १५ लाख रुपैयाँ बराबर रहेको छ । 

हाल देशभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको कृषि मन्त्रालयको तथ्यांक छ । 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ४१ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक