आज २०८३ साल वैशाख २५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख २५ गते शुक्रबारको राशिफल


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८३ साल वैशाख २५ गते शुक्रबार । जेठ कृष्ण पक्षको षष्ठी तिथि। विश्व रेडक्रस दिवस । तदनुसार सन् २०२६ मे ८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंको दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक रमझमले मन आकर्षित गरेको छ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने भएकाले सचेत बन्नुपर्नेछ ।

वृष : शुभ दिन छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । साथीको साथमा गरेको काम सफल बन्नेछ ।

मिथुन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने जोखिम छ । दाजुभाइसँगको सहकार्य भए व्यापारमा फाइदा हुनेछ । शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुनेछ । स्वदेशमा व्यापारको विकल्प देखेर मन खुशी बन्नेछ ।

कर्कट : दिन राम्रो छ । राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ ।

सिंह : दिन सामान्य छ । लगानीको क्षेत्र सबल भए पनि विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । सोचेका काममा अवरोध सिर्जना हुनेछ । राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारको साथ लिएर अगाडि बढेको खण्डमा दिन शान्त बन्नेछ ।

कन्या : दिन राम्रो छ । कामको बोझ बढ्दै जानेछन् । परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ । मन शान्त बन्नेछ । कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : ठुला व्यक्तिको आशीर्वाद लिएर कामको सुरुवात गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा गरेको अध्ययनले खुशी मिल्नेछ । परिवारमा घुमघामको तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : मन प्रशन्न बन्नेछ । योजना सफल बन्नेछन् । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ ।

धनु : शुभ दिन छ । नयाँ कामको थालनी हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ ।

मकर : दिन राम्रो छ । सञ्चित धन खर्च हुनेछ । समाजमा इज्जत बढ्नेछ । राजनीतिमा सफलता मिल्नेछ । परिवारसँग घुम्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : मन अशान्त बन्ने जोखिम छ । आफन्तले तपाईंले गरेको काममा टिप्पणी गर्नेछन् । राजनीतिक क्षेत्रमा घेराबन्दीमा पर्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ ।

मीन : दिन राम्रो छ । शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राजनीतिमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढेमा सफलता मिल्नेछ । बोल्दा नम्र बन्नुपर्नेछ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ५ : १६ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक