युद्धविराम तोड्दै इरानमाथि अमेरिकी बमबारी, तेलको भाउमा उछाल « Khabarhub

युद्धविराम तोड्दै इरानमाथि अमेरिकी बमबारी, तेलको भाउमा उछाल


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी सेनाले बिहीबार होर्मुज स्ट्रेट नजिक इरानी सैन्य अखडामाथि एयरस्ट्राइक गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकोम) का अनुसार अमेरिकी युद्धपोतहरूमाथि मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण भएपछि उक्त कारबाही गरिएको हो।

सेन्टकोमले होर्मुज स्ट्रेट हुँदै गइरहेका अमेरिकी युद्धपोतहरूमाथि उक्साहटपूर्ण हमला भएको दाबी गरेको छ।

अमेरिकी सेनाले सबै आक्रमण निष्क्रिय पारेपछि जवाफी कारबाहीस्वरूप मिसाइल र ड्रोन प्रक्षेपणस्थल, कमाण्ड सेन्टर तथा निगरानी प्रणालीलाई निशाना बनाएको जनाएको छ।

अमेरिकी सेनाले आफूले तनाव बढाउन नचाहेको तर आफ्ना सैनिक र सैन्य सम्पत्तिको सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको पनि स्पष्ट पारेको छ।

यता, इरानी सेनाका प्रवक्ताले अमेरिकी एयरस्ट्राइकमा सर्वसाधारण बसोबास गर्ने क्षेत्रलाई समेत निशाना बनाइएको आरोप लगाएका छन्। इरानले यसलाई युद्धविरामको भावनाविपरीत भएको बताएको छ।

रिपोर्टअनुसार होर्मुज क्षेत्र तथा केही बन्दरगाह आसपास विस्फोटका आवाज सुनिएका थिए। तर क्षति र हताहतबारे दुवै देशले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

तेलको भाउमा उछाल

होर्मुज स्ट्रेटमा अमेरिका र इरानबीच भएको सैन्य झडपपछि विश्व तेल बजारमा ठूलो उछाल आएको छ। ब्रेन्ट क्रुडको मूल्य ७.५ प्रतिशतसम्म बढेर प्रति ब्यारेल १०३.७० डलर पुगेको थियो। पछि एसियाली बजार खुल्दा केही नरम भई मूल्य १०१.१२ डलर प्रति ब्यारेलमा कायम रह्यो।

यससँगै शुक्रबार अमेरिकी तेलको मूल्य पनि बढेको छ। डब्लुटीआई २.५८ प्रतिशत अर्थात् २.४५ डलरले बढेर प्रति ब्यारेल ९७.२६ डलर पुगेको छ।

युद्ध सुरुहुनुअघिको अवस्थासँग तुलना गर्दा ब्रेन्ट क्रुडको मूल्य करिब ४० प्रतिशतले वृद्धि भइसकेको छ। बजारमा दैनिक १ करोड ४५ लाख ब्यारेल तेल उत्पादन कमी हुने अनुमान गरिएको छ।

तेलको मूल्यवृद्धिको असर शेयर बजारमा पनि देखिएको छ। शुक्रबार जापानको निक्केई २२५, दक्षिण कोरियाको कोस्पी र हङकङको ह्याङ सेङ सूचकांक १ प्रतिशतभन्दा बढीले घटेका छन्।

अमेरिकी बजारमा एस एन्ड पी ५०० सूचकांक पनि ०.४ प्रतिशतले घटेर बन्द भएको छ।

ट्रम्पको दाबी : अमेरिकी युद्धपोत सुरक्षित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेहोर्मुज स्ट्रेट पार गरिरहेका अमेरिकाका तीन डेस्ट्रोयर जहाजमाथि आक्रमण भएको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् तीनवटै अमेरिकी युद्धपोत गोलीबारीबीच सुरक्षित रूपमा स्ट्रेट पार गर्न सफल भएको बताएका हुन्।

ट्रम्पले आक्रमणका क्रममा इरानतर्फबाट प्रहार गरिएका मिसाइलहरू सजिलै खसालिएको बताएका छन्। ड्रोनहरू आकाशमै नष्ट गरिएको दाबी पनि उनले गरेका छन्।

यद्यपि, ट्रम्पले आक्रमण कहिले र कहाँबाट भएको भन्नेबारे स्पष्ट जानकारी दिएका छैनन्। इरानले पनि हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ११ : २३ बजे

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक