होर्मुज स्ट्रेटबाट पहिलो ट्यांकर दक्षिण कोरिया पुग्यो, १० सातादेखि फसेका भारतीय नाभिकको बिलौना « Khabarhub

होर्मुज स्ट्रेटबाट पहिलो ट्यांकर दक्षिण कोरिया पुग्यो, १० सातादेखि फसेका भारतीय नाभिकको बिलौना


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सोल- होर्मुज स्ट्रेट हुँदै गुज्रिएको एक तेल ट्यांकर दक्षिण कोरिया पुगेको छ। इरानसँगको तनावबीच यो मार्गबाट कोरिया पुग्ने पहिलो जहाज भएको बताइएको छ।

समाचार संस्था एएफपीका अनुसार माल्टा झण्डा बोकेको ‘ओडेसा’ नामक ट्यांकर शुक्रबार सियोसान तट नजिक देखिएको हो।

यस जहाजमा करिब १० लाख ब्यारेल कच्चा तेल रहेको छ। यसको आगमनले दक्षिण कोरियाको ऊर्जा सुरक्षाप्रति बढेको चिन्ता केही कम हुने अपेक्षा गरिएको छ।

रिपोर्टअनुसार उक्त जहाजले १७ अप्रिलमा होर्मुज स्ट्रेट पार गरेको थियो, जब क्षेत्रीय तनाव केही समयका लागि घटेको थियो।

यसैबीच, यूएई तटनजिक विस्फोट र आगलागीपछि क्षतिग्रस्त भएको दक्षिण कोरियाली जहाज दुबई बन्दरगाहमा पुर्‍याइएको छ।

उता होर्मुज क्षेत्रमा फसेका भारतीय नाभिक समस्यामा परेका छन् । करिब १० हप्तादेखि इरानी बन्दरगाहमा फसेका भारतीय नाभिक अनीशले आफ्नो अवस्था अत्यन्त तनावपूर्ण भएको बताएका छन्।

उनले भने, ‘यहाँ युद्ध, मिसाइल सबै देख्यौं। हाम्रो मानसिक अवस्था निकै बिग्रिएको छ।’

उनी युद्ध सुरु हुनुभन्दा केही दिनअघि कार्गो जहाजमार्फत् उनी शत्त अल अरब जलमार्ग पुगेका थिए । त्यसयता त्यही जहाजमा अड्किएका छन्।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  २ : १२ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ