सरकारलले दर्जनौँ बस्ती भत्काइसकेपछि सर्वोच्चले भन्यो : सुकुम्वासीलाई तत्काल नहटाउनू « Khabarhub

सरकारलले दर्जनौँ बस्ती भत्काइसकेपछि सर्वोच्चले भन्यो : सुकुम्वासीलाई तत्काल नहटाउनू


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यका र बाहिरका दर्जनौँ सुकुम्वासी बस्तीमा डोजर चलाएर विध्वंश मच्चाइसकेको अवस्थामा सर्वोच्च अदालतले अंकुश लगाउने गरी आदेश दिएको छ।

सर्वोच्चले काठमाडौं उपत्यकाको नदी किनार तथा सार्वजनिक स्थानका सुकुम्वासी तत्काल खाली नगर्न वालेन्द्र नेतृत्वको संघीय सरकारका नाम अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुकुम्वासी र भूमिहीनको बस्ती हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा शुक्रबार सुनुवाइ सकेपछि अन्तरिम आदेश जारी गरेको हो ।

गत वैशाख ११ गते गोपाल रनपहेँलीसहित ११ जनाले सुकुम्वासी बस्ती हटाउने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।

तर डोजर चल्नुअघि परेको उक्त रिटमा आदेश भने शुक्रबार आएको हो। उनीहरूले प्रधानमन्त्री वालेन्द्रको ठाडो निर्देशनअनुसार काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले नदी किनारका बस्ती खाली गर्न सूचना जारी गरेपछि रिट हालेका थिए ।

त्यसबेला रिट निवेदकहरूले काठमाडौं उपत्यकासहित देशभरका नदी किनार र सार्वजनिक स्थानका सुकुम्वासी र भूमिहीनको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था गरेर मात्रै हटाउनुपर्ने माग गरेका थिए। उनीहरूले सुकुम्वासी बस्तीमाथि बलजफ्ती कारबाही नगर्न, डोजर नचलाउन माग गरेका थिए ।

तर सर्वोच्चले यो मुद्दामा सुनुवाइ ढिलो गर्दा वालेन नेतृत्वको सरकारले कयौँ ठूला सुकुम्वासी बस्ती ध्वस्त बनाइसकेको छ। काठमाडौंको बागमती, मनोहरासहित नदी किनारका बस्ती पूरै भत्काइसकेको अवस्था छ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ४६ बजे

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको