गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो « Khabarhub

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्प्णी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले संवैधानिक निकायमा नियुक्ति गर्दा प्रधानमन्त्रीको पूर्ण हस्तक्षेप रोक्न संवैधानिक परिषद् बनाइए पनि प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्पणी गरे ।

उनले अव्यवस्थित बस्ती हटाउने नाममा राज्यले क्रूरता र बर्बरता देखाएको भन्दै आपत्ति जनाए । सभापति थापाले भूमिहीन सुकुम्वासीलाई अपराधीजस्तो गरि प्रस्तुत गर्न खोजिएको बताए ।

अहिले नेपाली कांग्रेस संघमा प्रतिपक्षीमा रहेकाले राज्यका गलत कार्यहरूमाथि तथ्य र प्रमाणसहित संसदमा कुरा उठाउनुपर्ने उनले बताए ।

सभापति थापाले प्रदेश र स्थानीय सरकारमा कांग्रेस नेतृत्वको सरकारलाई संघ सरकारको जस्तो गल्ती गर्ने छुट नरहेको धारणा राखे।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ७ : १६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग