विश्व ‘ब्रेन ट्युमर’ दिवस : नेपालमा बिरामी बढ्दै « Khabarhub

विश्व ‘ब्रेन ट्युमर’ दिवस : नेपालमा बिरामी बढ्दै


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । 

विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो । 

नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिए । 

उनका अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन ट्युमरमा बिरामीको शल्यक्रिया गरिएको छ । विसं २०८१ मा यो सङ्ख्या दुई हजार ६०० थियो । 

शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामीमध्ये पुरुष बढी रहेका तथ्याङ्कमा उल्लेख छ । 

पुरुष एक हजार ५०२ जनाको र महिला एक हजार ४९८ जना रहेका छन् । उनले सबभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहका रहेका छन् । 

तथ्याङ्कअनुसार सबभन्दा बढी बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया गरिएको छ ।

वरिष्ठ न्यूरोसर्जन डा झाले नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बर्सेनि बढिरहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताए । 

उनले  स्टेज १ र २ का  ब्रेन ट्युमरको शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ भने स्टेशन ३ र ४ का बिरामीलाई शल्यक्रियाका साथै विभिन्न थेरापीबाट उपचार गरिने बताए । 

नेपालमा ग्लियोमा (एक प्रकारको ट्युमर) का बिरामी सबभन्दा बढी रहेका छन् । २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ । 

यस्तै मेनिन्जियोमा (एक प्रकारको ट्युमर)को बिरामी ७.४ प्रतिशतबाट २०८२ मा २७.१ प्रतिशत पुगेका छन् । 

निरन्तर टाउको दुख्नु, बिहानै उठ्न बित्तिकै वान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनुजस्ता लक्षण ब्रेन ट्युमरका हुन् । 

वीर अस्पतालले दुई वर्षदेखि निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया गर्दिआएकामा यो सेवा आगामी जुन महिनासम्म उपलब्ध हुने डा झाले बताए । 

‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । 

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १ : २१ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै