युद्ध चर्किँदै गर्दा ट्रम्प भन्छन् : इरान र इजरायल दुवै युद्धविराम चाहन्छन् « Khabarhub

युद्ध चर्किँदै गर्दा ट्रम्प भन्छन् : इरान र इजरायल दुवै युद्धविराम चाहन्छन्


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयपछि तनाव चुलिँदै गर्दा इजरायल र इरान दुवै तत्काल युद्धविरामको पक्षमा रहेको बताएका छन् ।

उनले सोमबार दुवै पक्षबीच शान्ति सम्झौताका लागि अन्तिम चरणको वार्ता चलिरहेको पनि बताएका छन् ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्ममा लेखेका छन्, ‘इजरायल र इरान दुवै तुरुन्त युद्धविराम चाहन्छन्। शान्तिका लागि अन्तिम वार्ता अघि बढिरहेको छ, यसमा बेवकूफीले बाधा नगरोस्।’

उनले अन्तिम सम्झौता नभएसम्म इरानमाथि लगाइएको नाकाबन्दी पूर्ण शक्तिका साथ जारी रहने पनि बताएका छन्।

ट्रम्पले वार्ता छिटो गतिमा अघि बढिरहेको बताउँदै छिट्टै नतिजा आउन सक्ने उल्लेख गरे। उनले दुवै पक्षले द्वन्द्व समाप्त गर्ने दिशामा कदम चाल्ने विश्वास लिएका छन् ।

इजरायललाई सन्देश : अहिले इरानमाथि हमला नगर्नु

ट्रम्पले इजराललाई अहिले इरानमाथि नयाँ हमला नगर्न भनेका छन्। ट्रम्प दुवै देशबीचको तनाव घटोस् र वार्तालाई अघि बढ्ने मौका मिलोस् भन्ने चाहन्छन्।

इजरायली मिडियाको रिपोर्ट अनुसार ट्रम्पले हाल इजरायललाई थप जवाफ दिनु आवश्यक नरहेको बताएका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानले हालै गरेको मिसाइल हमलाको जवाफ दिने क्रममा हतार नगर्न आग्रह गरेका छन्।

अमेरिकी मिडिया एक्सियोसका अनुसार ट्रम्पले नेतन्याहूलाई केही समय वार्ताका लागि दिनुपर्ने बताएका छन्। इरानले उसको मिसाइल हमला बेरूतमा भएको इजराइली हमलाको जवाफमा भएको बताएको छ।

एक अमेरिकी अधिकारीले पनि बेरूतमा इजरायलको हमलाका लागि अमेरिकाले कुनै स्वीकृति नदिएको बताएका छन्।

ट्रम्पको प्रयास इजराय र इरानबीचको तनाव थप नबढोस् भन्नेमा रहेको बताइन्छ। अमेरिका इरानसँग चलिरहेको वार्ता जारी राख्न र स्थिति ठूलो द्वन्द्वमा नफँसोस् भन्ने पक्षमा छ ।

इरानको आरोप : अमेरिका जिम्मेवार

इरानले हालको युद्धविराम उल्लङ्घनका लागि सीधै अमेरिकालाई जिम्मेवार ठहर्‍याएको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले यस क्षेत्रमा इजरायलको सैन्य कारबाहीलाई अमेरिकी नीतिबाट अलग गरेर हेर्न नमिल्ने बताएका छन्।

बघाईले इजरायलको हालको सैन्य कारबाहीलाई वाशिङ्टनको समर्थन रहेकै कारणले द्वन्द्व फेरि बढिरहेको बताएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ४ : ५४ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६