इरानी नौसैनिक शाखामाथि ईयूको नयाँ प्रतिबन्ध « Khabarhub

इरानी नौसैनिक शाखामाथि ईयूको नयाँ प्रतिबन्ध


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली सङ्घ (इयू) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) को नौसैनिक शाखा तथा क्षेत्रीय कमान्डका एक प्रवक्तामाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ।

सोमबार सार्वजनिक गरिएको निर्णयअनुसार इयूले आईआरजीसीको नौसैनिक शाखा र हर्मोजगान प्रान्तीय कमान्डका प्रवक्ता मोहम्मद अकबरजादेहलाई कालोसूचीमा समावेश गरेको छ। यससँगै इरानको तेल निर्यातकर्ता युनियनका प्रतिनिधि हमिद होसेनीमाथि पनि सम्पत्ति रोक्का तथा भिसा प्रतिबन्ध लगाइएको इयूले जनाएको छ।

अमेरिका र इरानबीचको द्वन्द्वका कारण प्रमुख समुद्री व्यापार मार्गहरू प्रभावित हुँदा विश्व बजारमा समेत असर परेको पृष्ठभूमिमा इयूले यो कदम चालेको हो।

यसैबीच, युरोपेली राष्ट्रहरू मध्यपूर्वमा जारी तनाव र सैन्य गतिविधि अन्त्य भएपछि हर्मुज क्षेत्रमा नौसैनिक मिसन परिचालन गर्ने तयारीमा जुटेका छन्। उक्त योजनामा फ्रान्स र बेलायतले नेतृत्व गरिरहेका छन्।

इयूकी उच्च विदेश नीति प्रमुख काजा कलसले ‘रेड सी’ क्षेत्रमा कार्यरत इयूको नौसैनिक मिसनलाई सम्भावित नयाँ सैन्य अभियानमा समेत सहभागी गराउन सकिने बताएकी छन्।

मध्यपूर्वमा बढ्दो तनावबीच इयूको पछिल्लो निर्णयलाई क्षेत्रीय सुरक्षा तथा समुद्री मार्गको सुरक्षासँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ७ : ४३ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चीनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६