पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका चारवटा समितिको बैठक आज बस्दैछ । आज पूर्वाधार विकास समिति, अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मुलुकभरको खानेपानी व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अर्थ समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को मौद्रिक नीतिले समेट्नुपर्ने सुझावहरु, समितिको स्थलगत अनुगमन तथा समितिमा प्राप्त गुनासोका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ८ बजे समितिको बैठककक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा राष्ट्रिय, विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ । बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रलयका सचिव, प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल चौधरीलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ७ : ५४ बजे

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं– दक्षिणी छिमेकी भारतबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्ली भ्रमणको निम्तो

चुलिँदै प्रधानमन्त्री र अर्थमन्त्रीबीचको विवाद, ऊर्जामन्त्रीलाई समेत मुछे स्वर्णिमले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच

नारायणी अस्पताल घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले नारायणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल