उखु किसानको अनुदान तत्काल निकासा गर्न सांसद शाहको माग « Khabarhub

उखु किसानको अनुदान तत्काल निकासा गर्न सांसद शाहको माग


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानले पाउनुपर्ने सरकारी अनुदान रकम अझै भुक्तानी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बर्दियाका उखु किसानले आफूहरूलाई प्रत्यक्ष भेटेर समस्या सुनाएको जानकारी दिए। उनका अनुसार राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रीले किसानबाट खरिद गरेको उखुको मूल्य भुक्तानी गरिसकेको भए पनि सरकारले दिनुपर्ने प्रति क्विन्टल ७० रुपैयाँका दरले उपलब्ध गराइने अनुदान रकम अझै निकासा गरेको छैन।

उनले भने, ‘मलको अभावले किसान आक्रान्त बनेका छन्, सरकारी कागजमा सबै सहज जस्तो देखिए पनि व्यवहारमा केही पनि नगरेको देखिएको छ । यस्ता अत्यावश्यक विषयमा गम्भीर हुन आग्रह गर्दछु ।’

सांसद शाहले अनुदान भुक्तानीमा भइरहेको ढिलाइले किसान चिन्तित बनेको भन्दै सम्बन्धित मन्त्रालयले तत्काल रकम निकासा गर्न पहल गर्नुपर्ने माग गरे।

उनले धान रोपाइँको मुख्य समयमा देशका विभिन्न स्थानमा रासायनिक मलको अभाव देखिएको उल्लेख गर्दै किसानलाई आवश्यक मलको सहज आपूर्ति सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरे।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  २ : ०९ बजे

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई