एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो « Khabarhub

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकास (आरएन्डडी) लगायत अमूर्त सम्पत्तिमा भएको विश्वव्यापी लगानी एक हजार खर्ब अमेरिकी डलर नाघ्दै नयाँ कीर्तिमान कायम गरेको संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ) ले जनाएको छ।

डब्लुआइपिओका अनुसार अनुसन्धान तथा विकास, सफ्टवेयर, डाटा, ब्रान्ड, डिजाइन र संस्थागत ज्ञानमा हुने लगानी विश्व अर्थतन्त्रको प्रमुख आधार बन्दै गएको छ। विश्व कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५७ प्रतिशत हिस्सा ओगट्ने २९ अर्थतन्त्रमा सन् २०२५ मा अमूर्त लगानी एक हजार खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनमा संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्र, बेलायत, जापान र भारतलगायतका अर्थतन्त्र समेटिए पनि चीनलाई समावेश गरिएको छैन।

डब्लुआइपिओ र रोमस्थित लुइस बिजनेस स्कुलले संयुक्त रूपमा सार्वजनिक गरेको वल्र्ड इन्ट्यान्जिबल इन्भेस्टमेन्ट हाइलाइट्स २०२६ प्रतिवेदनअनुसार सन् २००८ यता अमूर्त लगानी वार्षिक औसत ३.५ प्रतिशतले बढेको छ। सोही अवधिमा भौतिक सम्पत्तिमा भएको लगानीको वार्षिक वृद्धि भने करिब ०.९८ प्रतिशतमा सीमित रहेको छ। प्रतिवेदनले विश्वव्यापी लगानीको स्वरूप स्थायी रूपमा परिवर्तन हुँदै गएको र मूल्य सिर्जनामा अमूर्त सम्पत्तिको भूमिका निरन्तर बढिरहेको जनाएको छ।

सन् २०२५ मा करिब ५०० खर्ब अमेरिकी डलरको अमूर्त लगानीसहित संयुक्त राज्य अमेरिका शीर्ष स्थानमा रहेको छ। यो दोस्रो स्थानमा रहेको जापानको तुलनामा झन्डै छ गुणा बढी हो। जर्मनी तेस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।

जिडिपीको अनुपातका आधारमा भने स्विडेन सबैभन्दा बढी अमूर्त लगानी गर्ने अर्थतन्त्र बनेको छ। त्यहाँ यस्तो लगानी जिडिपीको १७.४ प्रतिशत पुगेको छ। त्यसपछि संयुक्त राज्य अमेरिका १५.६ प्रतिशत र फ्रान्स १५.२ प्रतिशतका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। वृद्धि दरका हिसाबले भारत, जापान र फिलिपिन्स अग्रस्थानमा रहेका छन्।

डब्लुआइपिओका अनुसार उच्च ब्याजदर, व्यापारिक तनाव र आर्थिक सुस्तताका बीच पनि अमूर्त लगानी भौतिक लगानीभन्दा बढी लचिलो देखिएको छ। सन् २०२० देखि २०२५ सम्म अमूर्त लगानी वार्षिक ५.५ प्रतिशतले बढ्दा भौतिक लगानीको वृद्धि ३.२ प्रतिशतमा सीमित भएको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनले एआईलाई यस परिवर्तनको प्रमुख चालकका रूपमा उल्लेख गरेको छ। प्रारम्भिक चरणमा एआईले डाटा सेन्टर, सेमिकन्डक्टर र ऊर्जा पूर्वाधारमा भौतिक लगानी बढाए पनि यसको दीर्घकालीन प्रभाव सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकास र संस्थागत पुनर्संरचनामा हुने लगानीमार्फत देखिएको जनाएको छ।

सन् २०१३ देखि २०२३ सम्म सफ्टवेयर र डाटाबेस क्षेत्रमा भएको लगानी सबै अमूर्त सम्पत्ति समूहमा सबैभन्दा तीव्र, वार्षिक ७.३ प्रतिशतका दरले बढेको छ। यस अवधिमा सङ्गठनात्मक पूँजीमा ४.९ प्रतिशत र ब्रान्डमा ४.४ प्रतिशत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

ब्रान्डमा गरिएको लगानी पनि सन् २०२५ मा १४० खर्ब अमेरिकी डलर पुगेको छ। यसमध्ये संयुक्त राज्य अमेरिकाले ५६६ अर्ब डलरभन्दा बढी लगानी गर्दै अग्रस्थान कायम राखेको छ भने बेलायत १३७ अर्ब डलर र जापान ११२ अर्ब डलरसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

सन् १९६७ मा स्थापना भएको जेनेभास्थित डब्लुआइपिओले विश्वभरका सिर्जनशील व्यक्ति र उद्यमीलाई बौद्धिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनमा सहयोग गर्दै आएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ५ : २४ बजे

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर