औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर  « Khabarhub

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी शाखामा काम गर्ने आठ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अस्पतालको फार्मेसी शाखामा औषधी खरिद, मौज्दात र आपूर्तिसम्बन्धी प्रक्रियामा अनियमितता गरी करिब २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानी–नोक्सानी पुर्‍याएको भन्दै उनीहरूमाथि मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर हुनेहरूमा फार्मेसी युनिट इन्चार्जहरू दीपा ढुङ्गाना, रविन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा रहेका छन् । यस्तै स्टोर किपर विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने तथा फार्मेसी सहायक सन्दीप तिवारी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको माग दाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले अस्पतालको फार्मेसी शाखामा कार्यरत ती कर्मचारीहरूले औषधी आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधी आपूर्ति नभएको अवस्थामा समेत सफ्टवेयरमा बिल प्रविष्ट गरेको, स्टोरमा ठूलो परिमाणमा म्याद गुज्रिएका औषधी थन्किएको तथा कम्प्युटरमा देखिएको मौज्दात वास्तविक रूपमा नभएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरेको, म्याद सकिएका औषधी आपूर्तिकर्तालाई फिर्ता नगरी प्रतिस्थापन तथा सोध भर्ना प्रक्रिया अघि नबढाएको, साथै म्याद गुज्रिएका औषधी स्टोरमा हुँदाहुँदै पनि त्यस्ता औषधी नभएको भनी गलत जानकारी दिएर सम्बन्धित कम्पनीहरूको धरौटी रकम फिर्ता गराइएको पाइएको अख्तियारले जनाएको छ ।

अस्पतालको मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुगेको निष्कर्ष निकालिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ६ : ०९ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६