भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो « Khabarhub

भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा विप्रेषण आप्रवाह गत आर्थिक वर्षको सोही महिनाको तुलनामा बढेको हो । गत आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

चालु आर्थिक वर्षको साउन र भदौमा कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव १ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ थियो ।

यसैगरी, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५१ हजार १३६ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको थियो । यसले नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखाउँछ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ४ : २८ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले