सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव « Khabarhub

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गरेका छन् ।

आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएकोमा खुसी समेत व्यक्त गरेका छन् ।

सर्ने रोग ३० प्रतिशतले घटाउन ‘राष्ट्रिय आयुर्वेद रणनीति (१० वर्षे) तथा २० औषधिमा खुम्चिएको ३७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र जीएमपी सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त ५ वर्षे रणनीतिक योजना’ लागू गरिएको उनले स्मरण गरेका छन् ।

पौडेलले सार्वजनिक गरेका मुख्य उपलब्धिहरू:
१. बुढानीलकण्ठ ‘पञ्चकर्म तथा योग केन्द्र’ सञ्चालन (अर्थबाट दरबन्दी स्वीकृत) र सुदूरपश्चिमबाट ‘स्वर्ण बिन्दु प्राशन’ अभियान सुरु गर्दै निर्देशिका स्वीकृत।
२. सेवा नपुगेका १४४ सहित सबै पालिकामा ‘नागरिक आरोग्य कार्यक्रम’ विस्तार; बजेट दोब्बर गरी १ अर्ब ४० करोड विनियोजन तथा ५/१०/१५ शय्यामा योग/प्राकृतिक चिकित्सा सञ्चालन कार्यविधि।
३. निर्यात प्रवर्द्धनका लागि GMP नीति (४ स्वदेशी कम्पनीलाई मान्यता, फर्मासिस्टलाई थोक बिक्रेता) र ‘सोवा रिग्पा’ विद्यार्थीलाई लाइसेन्स परीक्षामा समावेश।
४. ‘ड्रग R&D युनिट’, ‘वनस्पति प्राधिकरण’ र ‘आयुर्वेद अध्ययन प्रतिष्ठान’ स्थापना सुरु। ‘आयुर्वेद औषधि नियमावली २०८१’ सहित कानुन मस्यौदा र ३५ निःशुल्क औषधि वैद्यखानाबाटै किन्ने नीति।
५. नरदेवीमा १०० शय्याका लागि स्रोत सुनिश्चितता, सेनाको अस्पताल र १६औं पञ्चवर्षीय योजनामा आयुर्वेद समावेश।
६. छिमेकी देशसँग समझदारी, WHO र BIMSTEC मा प्रस्तुति तथा नर्वे (BCEPS) सँग मिलेर स्वास्थ्य बीमामा समेट्न कस्टिङ अभ्यास सुरु।

सरकारलाई ६ सुझाव:
१. वैद्यखानाको प्रगति त्यही ‘५ वर्षे रणनीतिक योजना’कै प्रतिफल भएकाले यसको हुबहु कार्यान्वयन गरियोस्।
२. ‘जडीबुटी प्रशोधन केन्द्र’ स्थापनालाई हामीले सुरु गरेको ‘ड्रग R&D युनिट’सँग जोडेर अनुसन्धानमा राज्यले विशेष लगानी गरोस्।
३. ३५ निःशुल्क औषधिलाई १४४ नयाँसहित देशभरिका ‘नागरिक आरोग्य केन्द्र’मार्फत जनताको घरदैलोमा पुर्‍याइयोस्।
४. GMP मापदण्ड हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधि निर्यात गर्न कूटनीतिक पहल चुस्त बनाइयोस्।
५. कच्चा पदार्थ खरिदलाई व्यवस्थित गर्दै जडीबुटी खेतीलाई विशेष प्रोत्साहन गरियोस्।
६. विपन्नको पहुँच सुनिश्चित गर्न आयुर्वेदका विशिष्टीकृत सेवा र औषधिलाई स्वास्थ्य बीमामा आबद्ध गरियोस्।

असल नीतिको निरन्तरताले मात्र समृद्ध राष्ट्र बन्ने भन्दै उनले सरकारका सकारात्मक कदममा सदैव साथ रहने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ९ : १८ बजे

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको