‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक « Khabarhub

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्मित वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फर्स्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक गरिएको छ । 

यस वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको कथा प्रस्तुत गर्छ । ५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ ।

वृत्तचित्रले सगरमाथाको भव्यता मात्र होइन, आरोहणको जोखिम, शेर्पा समुदायको अथक योगदान, मानव साहस र जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई पनि गहिराइका साथ प्रस्तुत गरेको छ । यसले सगरमाथालाई केवल एउटा हिमालका रूपमा होइन साहस र अठोटको प्रतीकका रूपमा व्याख्या गर्ने प्रयास पनि गरेको छ ।

निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको ‘रोड टु एभरेस्ट’ मा किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा तथा निमा ग्याल्जेन शेर्पा आरोहीको रुपमा देखिनेछन् । फुर्वाले १८ र निमाले विश्वकै १४ अग्लो हिमालसहित १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यो यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि वृत्तचित्रका महत्त्वपूर्ण पात्रका रूपमा देखिनेछन् । 

निर्माण टिमका अनुसार ‘रोड टु एभरेस्ट’ को पहिलो नेपाल प्रिमियर भदौ ६ (२२ अगस्ट २०२६) मा काठमाडौं र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ (१३ सेप्टेम्बर २०२६) मा हङकङबाट सुरु हुनेछ । त्यस लगत्तै वृत्तचित्रलाई नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।

दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् । 

भुषण दाहालको भ्वाइसओभर रहेको वृत्तचित्र नेपाली र अंग्रेजी भाषामा रहेको छ । नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको सगरमाथासम्बन्धी यो नै पहिलो डकुमेन्ट्री भएको निर्माण पक्षको दाबी रहेको छ ।

सामाजिक संस्था वि विल राईज फाउण्डेसनद्वारा निर्मित यस वृत्तचित्रले विश्वभर नेपालको पर्यटन प्रर्वद्धनमा समेत टेवा पर्‍याउने उद्देश्यसहित यसको निर्माण भएको बताएको छ । फर्स्ट लुक पोस्टर र टिजरले दृश्य सौन्दर्य, भावनात्मक तर जोखिमयुक्त यात्रा र अदम्य साहसको पहिलो झलक प्रस्तुत गरेको छ । वृत्तचित्रको अवधि ५० मिनेट रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ३ : १० बजे

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…

काठमाडौं – कन्टेन्टको लोभले रसुवा बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई