सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’ « Khabarhub

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाको सामना गर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशन विधानसम्मत, आवश्यक र औचित्यपूर्ण भएको दाबी गरे।

उनले विशेष महाधिवेशनपछि निर्वाचन आयोगले त्यसबाट भएका निर्णयलाई अद्यावधिक गरेको र आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको बताए। त्यसपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको र अदालतबाट समेत विशेष महाधिवेशनलाई सही ठहर गर्ने आदेश आएको उनको भनाइ थियो।

तर, त्यसविरुद्ध परेको निवेदनमा सर्वोच्चले पुनरावलोकन गर्ने निर्णय गरेपछि कांग्रेसले अब कानुनी बाटोबाटै आफ्नो पक्षको प्रतिरक्षा गर्ने थापाले बताए। ‘अब हामी शानका साथ अदालत जाने, शानका साथ त्यसको डिफेन्स गर्ने हो,’ उनले भने।

अदालतको निर्णयलाई लिएर सरकारका व्यक्तिले के भने, कसले कहाँ के कुरा गर्‍यो भन्ने सूचनाभन्दा संवैधानिक तथा न्यायिक संस्थामाथि विश्वास गर्नुपर्ने उनको भनाइ थियो।

‘सरकारका मान्छेका कुरा छाडेर सर्वोच्च अदालतजस्ता संस्थालाई हामीले विश्वास गर्नुपर्छ,’ थापाले भने, ‘पञ्चायत कालमा पनि बीपी कोइरालाले विश्वास गरेको अदालतलाई हामीले मान्नुपर्छ।’

उनले विशेष महाधिवेशनमा सहभागी नभएका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत नेतृत्वको पक्षमा उभिन आग्रह गर्दै पार्टीभित्र कसैलाई पहिलो वा दोस्रो दर्जाको व्यवहार नगर्ने बताए।

थापाले कांग्रेसको आन्तरिक विवाद अब राजनीतिक मात्र नभई न्यायिक र कानुनी लडाइँका रूपमा समेत अघि बढ्ने संकेत गरेका छन्।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ३ : १० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्