अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने « Khabarhub

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा भएको छ । 

भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ ।

सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको अस्पताल भवन केही साताअघि सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

आर्थिक वर्ष २०७७/७८ मा काम सुरु भएको भवन रु छ करोड १८ लाख ७९ हजार ४८१ को लागतमा निर्माण गरिएको हो ।

दुईतले आरसिसी भवनमा उपचार कक्ष, शौचालय, विद्युत् तथा खानेपानीलगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको छ । भवनको जिम्मा पाएको शृङ्खला निर्माण सेवा प्रालि बिदुर नगरपालिका-४ (नुवाकोट)ले निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

अस्पताल सञ्चालनका लागि दुई चिकित्सकसहित २२ जनाको दरबन्दी कायम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए । 

चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला, फार्मेसी तथा प्रशासनतर्फका कर्मचारीको दरबन्दी रहे पनि आवश्यकताअनुसार थप जनशक्ति करार सेवाबाट व्यवस्थापन गरिने उनले बताए ।

अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा अन्य सामग्री व्यवस्थापन गर्न सङ्घ र प्रदेश सरकारसँग माग गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए ।

आवश्यक उपकरण तथा स्रोतसाधन उपलब्ध भएपछि अस्पताललाई निर्धारित सेवा र क्षमताअनुसार सञ्चालन गर्न सहज हुने गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक सेवा तथा दन्त उपचार सेवा स्थानीयस्तरबाटै प्राप्त गर्ने बताए । जटिल प्रकृतिका बिरामीलाई भने आवश्यकता अनुसार सुविधा सम्पन्न अस्पतालमा पठाइने उनले जानकारी दिए ।

गाउँपालिकाले यही साउन अन्त्यसम्म अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल वडा नं ७ मा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीलाई साउन महिनाभित्रै नयाँ अस्पताल भवनमा स्थानान्तरण गरी सोही भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

दश शय्याको अस्पताल सञ्चालनका लागि भवन, दरबन्दी तथा आधारभूत पूर्वाधार तयार भए पनि आवश्यक उपकरण र स्रोतसाधनको व्यवस्थापन पूरा गर्नुपर्ने भएकाले अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न चुनौती रहेको गाउँपालिकाले जनाएको छ । 

आवश्यक व्यवस्था पूरा भएमा मर्स्याङ्दी गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक तथा दन्त उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ४ : १७ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला