साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी « Khabarhub

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् । साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो । हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए ।

उत्तरपश्चिमी यमनमा साउदी ड्रोनको घुसपैठको जवाफमा उक्त कारबाही गरिएको उनको दाबी छ । साउदी अरबको ऊर्जा मन्त्रालयले यसअघि जिजानस्थित रिफाइनरीको एक केन्द्रमा आइतबार बिहान आगलागी भएको र औद्योगिक सुरक्षा तथा अग्निनियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएको जनाएको थियो । घटनामा कोही पनि घाइते नभएको मन्त्रालयले जनाएको छ । आगलागीको कारण भने खुलाइएको छैन ।

हुथी विद्रोहीले गत जुलाईमा पनि सोही रिफाइनरीलाई लक्षित गरेको दाबी गरेका थिए । साउदी अरब अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा एक दशकभन्दा बढी समयदेखि यमनको गृहयुद्धमा संलग्न छ । सन् २०२२ मा भएको युद्धविरामपछि तुलनात्मक रूपमा शान्त रहेको द्वन्द्व पछिल्लो समय पुनः तनावपूर्ण बनेको छ ।

हुथी विद्रोहीले यमनको राजधानी सानासहित देशको ठूलो भूभाग नियन्त्रणमा राखेका छन् । समूहले लाल सागरमा आवतजावत गर्ने जहाज तथा साउदी अरबका तेलसम्बन्धी पूर्वाधारलाई पनि निसाना बनाउँदै आएको छ ।

लालसागरमा जहाज आवतजावत र साउदी तेल पूर्वाधारमाथिको जोखिम मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावबीच देखिएको हो । यसैबीच, स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर इरान र अमेरिकाबीच पनि तनाव जारी रहेको एएफपीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ५ : ३१ बजे

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २