विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह « Khabarhub

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले आफूहरूले विगतदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गर्दा अहिले पार्टी कमजोर र विभाजनको अवस्थामा पुगेको दाबी गरे । 

उनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन उपयुक्त बाटो नभएको आफ्नो पक्षको धारणा रहेको तर, त्यस विपरीत विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएपछि कांग्रेस थप विवाद र विभाजनतर्फ गएको उल्लेख गरे । 

उनले नियमित महाधिवेशनको समय आइसकेकाले पार्टीको नेतृत्व पनि नियमित प्रक्रियाबाटै चयन गर्नुपर्ने उल्लेख गर्दे लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले नियमित महाधिवेशनबाट नेतृत्वमा पुग्दा पार्टी बलियो बन्ने तर्क गरे । 

पूर्वमहामन्त्री सिंहले पार्टीलाई कमजोर बनाउने गतिविधिभन्दा पनि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । 

पार्टीभित्र देखिएको विवाद र ध्रुवीकरणले संगठनमा समेत असर पार्ने भन्दै सिंहले नेतृत्व र कार्यकर्ताबीच सहमति तथा एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । 

कांग्रेसको संस्थागत संरचना र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीलाई फुट र गुटभन्दा माथि उठाएर अघि बढाउनुपर्ने धारणा राखे ।

पूर्वमहामन्त्री सिंहले कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो पक्षले न्याय पाउने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ७ : ३१ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्