सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला « Khabarhub

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ । उनको शव आज ओखलढुङ्गामा फेला परेको हो ।

नदीमा सँगै हामफालेका उनका पति केदारनाथको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ पतिसँगै बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सिन्धुली र ओखलढुङ्गाको सीमास्थित सुनकोशी नदीमा फेला परेको हो ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित सुनकोशी नदीको किनारमा तैरिएको अवस्थामा तिलकुमारीको शव फेला परेको सूचना अधिकारी विष्टले जानकारी दिए । केदारनाथको खोजी कार्य जारी छ ।

तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । पराजुली दम्पत्तिले बुधबार साँझ नदीमा हामफालेको जानकारी पाएपछि सोही रातिदेखि नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयले खोजी कार्य जारी राखेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १० : ०५ बजे

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका